२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोनाका कारण संकटमा होटल व्यवसाय

कोरोनाका कारण संकटमा होटल व्यवसाय

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १८ २०७६
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १८ २०७६
  • काठमाडौं, १८ फागुन ।  कोरोना भाइरसको कारण होटल व्यवसाय संकटमा पर्ने देखिएको छ । छिमेकी मित्रराष्ट्र चीनबाट संक्रमित कोरोना भाइरसको प्रत्यक्ष असर पर्यटन व्यवसाय ‘होटल’मा देख्रिएको हो । सरकारले भ्रमण वर्ष मनाइरह्दा विश्वलाई नै आतंकित पार्ने गरी फैलिएको कोरोना भाइसरका कारण पर्यटनहरू घुमफिर गर्न अर्थात अन्यत्र देशकमा जान छाडेका हुन् । यसको प्रत्यक्ष असर होेटल व्यवसाय परेको छ । पर्यटक आगमनको मुख्य समय तथा भ्रमण वर्ष शुरु भएको यस मौसममा सबै होटल भरिभराउ हुनुपर्नेमा रित्ता हुँदै गएका छन् भने भएका बुकिङ समेत रद्द गरिएको अवस्था छ । यसरी नै पर्यटक घट्दै जाने हो भने अबका दिनमा होटलमा काम गर्ने कर्मचारीलाई तवल भत्ता समेत खुवाउन गाह्रो पर्ने होटल व्यवसायीले दुखेसो पोखेका छन् । नेपालमा जनवरीमा ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोमध्ये चीनबाट मात्रै १३ हजार ३ सय १ पर्यटक नेपाल आए । अध्यागमन विभागका अनुसार फेबु्रअरीमा सो संख्या ह्वात्तै घट्ने देखिएको छ । यो अवधिमा पर्यटकको संख्यामा ७५ प्रतिशतले कमी आउने विभागले जनाएको छ । फेब्रुअरीमा यो पर्यटन आगमन अझ घट्ने अनुमान गरिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने तयारी गरिरह्दा सन् २०१९ मा भने नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिए । सोमध्ये चीनबाट १ लाख ६९ हजार ५ सय ४३ पर्यटक नेपाल भित्रिएका थिए । भ्रमण वर्षका लागि भनेर २५ लाख पर्यटकलाई सत्कार गर्न सकिने गरी पूर्वाधार तयार पारियो,’ ती व्यवसायीले भने ‘सरकारले एकतर्फी रुपमा निर्णय गरिदिँदा व्यवसाय बन्द गर्नु पर्ने अवस्था आएको छ ।’ पर्यटन मन्त्री योगेश भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालले विदेशमा गर्ने पर्यटनको प्रचारप्रसार तत्कालका लागि स्थगित गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा राखेको छ । यसरी सरकारले व्यवसायीसँग सर–सल्लाह नगरी सिधै पर्यटन आगमनमा वाधा पर्ने गरी एकतर्फी निर्णय गर्दा व्यवसायीलाई आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘अहिले पर्ख र हेरको अवस्था छ, विदेशी पर्यटक आएका छैनन, बनेका पूर्वाधार पनि थन्कने अवस्था आयो,’ ती व्यवसायीले गुनासो गरे । दुई महिना भैसक्यो, अझ अवस्था बिग्रदो छ, यतिबेला पर्यटन व्यवसाय संकटमा परेको छ यस्तो अवस्थामा प्रश्न सोधेर घाउमा नुन छर्ने काम नगर्नु,’ ती व्यवसायीले पीडा पोख्दै भने । हामी केही बोल्नु पर्दैन,’ सबै देखिएकै छ । हामी यतिबेला दुःखमा छौं ।’ चीनबाट पर्यटक घट्ने देखिएपछि व्यवसायीहरू अन्य देशबाट पर्यटक भित्र्याउने तयारीमा जुटेका थिए । विकल्प समेत बन्द हुने गरी गरिएको सरकारी निर्णयले व्यवसाय कसरी टिकाउने चिन्तामा उनीहरू परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij