२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भ्रमण वर्ष २०२० स्थगित गर्ने सरकारको निर्णय

भ्रमण वर्ष २०२० स्थगित गर्ने सरकारको निर्णय

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १८ २०७६
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १८ २०७६
  • काठमाडौं, १८ फागुन । सरकारले नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो । कोरोनाबारे सतर्कतामा जोड दिने बेलामा पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भएकाले अहिलेलाई भ्रमण वर्ष रोकेर अघि बढ्नुपर्ने कुरा बैठकमा उठेको एक मन्त्रीले बताएका छन् । यसबारे पर्यटन मन्त्रालयले अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिने बताइएको छ । सरकारले यस अघि विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij