२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोनाको त्रासपछि चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा लाग्यो प्रतिबन्ध

कोरोनाको त्रासपछि चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा लाग्यो प्रतिबन्ध

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २९ २०७६
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २९ २०७६
  • काठमाडौं ,२९ फागुन । कोरोना भाइरस महामारीको त्रासपछि चीनले चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छ । सगरमाथा आरोहणको समय लाग्नै लाग्दा चीनले तिब्बत तर्फबाट सार्वोच्च शिखर आरोहणमा प्रतिबन्ध लगाएको हो। नेपालले भने आफ्नो भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छैन। बसन्त ऋतुको सगरमाथा आरोहण चिनियाँ अधिकारीहरुले स्थगित गरेसँगै सगरमाथा आरोहणका लागि तयारी गरिरहेका मानिसहरु निराश बनेको चीनका एक गाइड एड्रियन बालिंगरले साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर हो। कोरोना भाइरस विश्वव्यापी बन्दै गएपछि दर्जनौं देशले चीनमा भ्रमण प्रतिबन्ध लगाएको छ। हालै ट्रम्पले युरोपका सबै देशलाई आफ्नो देशमा भ्रमण प्रतिबन्ध लगाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij