२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ओमि देवानको आवाज र हरि मल्लको निर्देशनमा ‘जिउन चाहान्छु म’ बजारमा

ओमि देवानको आवाज र हरि मल्लको निर्देशनमा ‘जिउन चाहान्छु म’ बजारमा

गण्डकी टाइम्स
बुधवार, चैत्र १२ २०७६
गण्डकी टाइम्स
बुधवार, चैत्र १२ २०७६
  • काठमाडौँ, १२ चैत । विश्व अहिले कोरोना संक्रमणको त्रासमा रहेको छ, मानिसहरु सबै घर भित्रनै रहेका छन । घरमा बसिरहेको बेला तपाई के गर्नुहुन्छ ? युटयुवमा गित सुन्नुहुन्छ हैन त ? त्यसो भए भर्खरै बजारमा नयाँ गित आएको छ । थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका कुशल निर्देशक हरी मल्ल ठकुरीद्धारा निर्देशित ‘जिउन चाहान्छु म’ नेपाली गित बजारमा आएको हो । प्रतिभाशाली गायक ओमि देवानको शब्द सगीत र स्वर रहेको ‘जिउन चाहान्छु म’ बोलको गीतको छायाँकन तथा सम्पादन लक्ष्मन सुनार को रहेको छ । उक्त गितको एरेञ्ज राजन तामाङले गरेका छन भने रेकडिङ र मिक्सिङ रदिप श्रेष्ठले गरेका छन । भिडियोमा नव कलाकार सुवास श्रेष्ठ र सुरक्षा शर्माको अभिनय रहेको छ । उक्त गितको म्युजिक भिडियो युटुब च्यानल जय हो मार्फत रिलिज भएको छ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतीमा उक्त गित बजारमा ल्याइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij