पोखरा पर्यटन परिषदको अधयक्षमा भट्टराई
पोखरा पर्यटन परिषदको अधयक्षमा भट्टराई
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पोखरा, १३ मंसिर । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान छ ।
यसअघि चिरञ्जीवी पोखरेल परिषदको अध्यक्ष थिए । परिषद पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाको छाता संगठन हो । अध्यक्ष निर्वाचित भएपछि भट्टराईले परिषदलाई पर्यटनको साझा संस्था बनाउने प्रतिवद्धता जनाएका छन ।
‘पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यावसायिक हित र समस्या समाधानका लागि परिषदले काम गर्नेछ,’ अध्यक्ष भट्टराईले भने, ‘कोभिड(१९ को चपेटामा परेको पोखराको पर्यटनलाई लयमा फर्काउन मेरो नेतृत्वको परिषदले पहल गर्ने छ ।’
प्रतिक्रिया