२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे गाउँपालिकाले थप तीन दिन विदा दिने

धार्चे गाउँपालिकाले थप तीन दिन विदा दिने

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १५ २०७७
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १५ २०७७
  • काठमाडौं, १६ फागुन । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ ।

    यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन ।

    अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने छ ।

    यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

    यसअघि केन्द्र सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिन प्रस्ताव गरेको थियो । यद्यपि त्यसबारे निर्णय भने हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij