२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

गण्डकी टाइम्स
बुधवार, चैत्र ४ २०७७
गण्डकी टाइम्स
बुधवार, चैत्र ४ २०७७
  • काठमाडौं, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या गरेका छन् ।

    मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मिना तामाङको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । नेपालमा नुवाकोट घर भएकी तामाङ पाँच वर्षदेखि किराना पसल गर्दै आएकी थिइन् ।

    बुधबार बिहान लुटेराहरुले पसल लुट्न खोजेका थिए । मोटरसाइकलमा आएका लुटेराहरुको प्रतिकार गर्दा तामाङमाथि गोली हानेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij