२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राजदूत आचार्यलाई भेटेको भोलिपल्ट भारतीय लोकसभा सभामुखलाई कोरोना पुष्टि

राजदूत आचार्यलाई भेटेको भोलिपल्ट भारतीय लोकसभा सभामुखलाई कोरोना पुष्टि

गण्डकी टाइम्स
सोमवार, चैत्र ९ २०७७
गण्डकी टाइम्स
सोमवार, चैत्र ९ २०७७
  • काठमाडौं, ९ चैत । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भेटेको भोलिपल्ट भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    भारतको राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)ले एक विज्ञप्ति जारी गर्दै सभामुख बिरलालाई कोभिड–१९ पुष्टि भएको जनाएको हो ।

    शुक्रबार गरिएको परीक्षणमा सभामुख बिरलालाई संक्रमण पुष्टि भएको हो । त्यसको एकदिनपछि उनलाई एम्सको कोभिड वार्डमा भर्ना गरिएको थियो । सभामुख बिरलाको स्वास्थ्य अवस्था सामान्य रहेको एम्सले जनाएको छ ।

    राजदूत आर्चायले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । सभामुख बिरलालाई संक्रमण पुष्टि हुनसाथ आफू क्वारेन्टिनमा बसेको राजदूत आचार्यले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij