२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचकमा उच्च अंकको सुधार

नेप्से परिसूचकमा उच्च अंकको सुधार

गण्डकी टाइम्स
बुधवार, आश्विन ६ २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन ६ २०७८
  • काठमाडौं, ६ असोज । सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेको छ ।

    ३ हजार २ सय अंकमा पुगिसकेको नेप्से परिसूचक २ हजार ६ सय नजिक झरिसकेको थियो । बजार घटबढको प्रक्रिया भए पनि लगातार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । केही लगानीकर्ताहरु बजारका विषयमा नकरात्मक नीति बनाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन समेत गरिरहेका छन् ।

    नेप्से परिसूचकमा बाउन्स ब्याक आए पनि कारोबारमा भने उल्लास देखिएको छैन । दिनभरमा भएका ७२ हजार ७१४ कारोबारबाट १ रोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएका छन् ।

    जसअनुसार कारोबार रकम ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगिसकेको छ । बजार उच्च अंकले बढ्दा एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij