२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक झिनो अंकले वृद्धि

नेप्से परिसूचक झिनो अंकले वृद्धि

गण्डकी टाइम्स
बिहिवार, आश्विन ७ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन ७ २०७८
  • काठमाडौं, ७ असोज । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । यस अघि बुधबार नेप्से परिसूचक सय अंक भन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।

    बुधबार साढे ६ अर्ब पनि नपुगेको शेयर कारोबार रकम बिहीबार भने ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

    समूह्गत सवइन्डेक्सहरुमा पनि बैंक २ प्रतिशत भन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधारिएको छ । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij