२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा पहिरो, ८ कम्पनीको मात्रै मूल्य बढ्यो

सेयर बजारमा पहिरो, ८ कम्पनीको मात्रै मूल्य बढ्यो

गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन १० २०७८
  • काठमाडौं, १० असोज । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

    म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

    यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। १७६ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

    मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक (साधारण र कन्भर्टिवल सेयर) आशा लघुवित्तको मूल्य सामान्य बढेको छ।

    आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

    कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो।

    बैंकहरुमा लगानीयोग्य रकमको अभावपछि असोजदेखि बढेको ब्याजदर तथा सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट पाउने कुल ऋणको सीमा १२ करोड तोकिएपछि बजार प्रभावित भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij