२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी ओरालो लाग्यो सेयर बजार

फेरी ओरालो लाग्यो सेयर बजार

गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
  • काठमाडौँ, १४ असोज । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।

    उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ । नेप्से परिसूचक भन्दा पनि शेयर कारोबार रकम सुस्ताएको छ । एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपाली शेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

    शेयर बिक्रीको चाप नदेखिदा शेयर कारोबार रकम घटेको हो । बजार लगातार घट्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

    निकै घाटा बेहोरिसकेका लगानीकर्ताहरु थप घाटा हुन नदिन शेयर बिक्री गर्न होस्उिका छैनन् । यसले बिहीबार जम्मा ४९ हजार ८ सय ३५ वटामात्रै कारोबार भएको छ ।

    २५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij