२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ओरालो लाग्यो नेप्से परिसूचक

ओरालो लाग्यो नेप्से परिसूचक

गण्डकी टाइम्स
आइतवार, आश्विन १७ २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन १७ २०७८
  • काठमाडौं, १७ असोज । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आइतबार उल्लास देखिएन ।

    ५२ हजार ३९१ कारोबार हुँदा हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

    बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij