२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बढ्न थाले विदेशी पर्यटक

बढ्न थाले विदेशी पर्यटक

गण्डकी टाइम्स
आइतवार, आश्विन १७ २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन १७ २०७८
  • काठमाडौँ, १७ असोज । नेपालमा पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। सन् २०२१ को सेप्टेम्बरमै ९ हजार ८९८ जना विदेशी नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए। यो सन् २०२१ को फेब्रुअरीको संख्या भन्दा धेरै हो। सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए। कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपाल सरकारले अप्रिलको अन्तिम सातादेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। हाल सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत अन्तर्राष्ट्रिय भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। उडान सङ्ख्यामा वृद्धि तथा पछिल्लो समय सरकारले पर्यटकका लागि क्वारेन्टिन नियममा सहज बनाइदिएपछि अझै पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीको विश्वास छ। चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बानाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij