२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले गरे बिरोध प्रदर्शन

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरुले गरे बिरोध प्रदर्शन

गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
  • काठमाडौं, १८ असोज। पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।

    सोमबार काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

    स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टिएमएसको समस्या छिट समाधान गर, शेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

    यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेश गरेको थियो । आफ्ना माग ५ कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाई छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाई नभए निरन्तर बिरोध गर्ने बताएका छन् ।

    केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरुको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij