२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि ओरालो लाग्यो सेयर बजार

आज पनि ओरालो लाग्यो सेयर बजार

गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
  • काठमाडौं, १८ असोज । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो ।

    सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १.२८ प्रतिशतले घटेको छ ।

    कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij