२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

गण्डकी टाइम्स
सोमवार, कार्तिक १५ २०७८
गण्डकी टाइम्स
सोमवार, कार्तिक १५ २०७८
  • काठमाडौं, १५ कात्तिक । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २ हजार ८ सय १९ दशमलव ८६ अंकमा झरेको छ ।

    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८८ अंकले घटेको छ । कारोबार पनि आइतबार भन्दा धेरै हुन सकेन ।

    दिनभर भएका ८० हजार ३ सय ५१ कारोबारबाट २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबार रकम ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा रोकिएको छ । सोमबार समग्रमा बजार घटेपनि बैंक, होटल तथा पर्यटन र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij