सामलिङ पावरको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्
सामलिङ पावरको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १६ कात्तिक । सामलिङ पावर कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । यसमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।
सामलिङले कात्तिक ४ गतेदेखि ८ गतेसम्म कुल ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये २५ अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५५ अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि छुट्याएर बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।
आइपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्कासनकर्ता कम्पनी सामलिङ पावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।
प्रतिक्रिया