२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

गण्डकी टाइम्स
मंगलवार, कार्तिक २३ २०७८
गण्डकी टाइम्स
मंगलवार, कार्तिक २३ २०७८
  • काठमाडौँ, २३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

    नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक छ । बैंकको मंगलबार २९ करोडभन्दा बढीको कारोबार भएको छ ।

    कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मंगलबार सबै समूहको सूचकमा एकदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य मंगलबरवाट सर्किट लेभलमा पुगेको छ ।

    आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij