२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि ओरालो लाग्यो सेयर बजार

आज पनि ओरालो लाग्यो सेयर बजार

गण्डकी टाइम्स
बिहिवार, कार्तिक २५ २०७८
गण्डकी टाइम्स
बिहिवार, कार्तिक २५ २०७८
  • काठमाडौं, २५ कात्तिक । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो । नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बिहीबार सुस्तायो । यस अघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार जम्मा ५ अर्ब ११ करोडमा रोकिएको छ । केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आइसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् । यी दुबै कम्पनीहरुको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij