२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

गण्डकी टाइम्स
बुधवार, मंसिर ८ २०७८
गण्डकी टाइम्स
बुधवार, मंसिर ८ २०७८
  • काठमाडौं, ८ मंसिर । केही दिन यता लगातार जसो घटिरहेको शेयर बजार बुधबार भने सम्हालिएको छ । दिनभर भएको तीव्र उतारचढाव पछि कारोबार बन्द हुँदा १ दशमलव ८२ अंक्ले बढेर बजार बन्द भएको छ ।

    झिनो अंकले नेप्से परिसूचक सकारात्मक देखिए पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सकारात्मक देखिन सकेन । यद्यपि, कारोबार रकममा भने झिनो सुधार देखिएको छ । सोमबार ४ अर्ब पनि नपुगेको शेयर कारोबार रकम मंगलबार ४ अर्ब १६ करोड हाराहारीमा रोकिएको थियो ।

    बुधबार भने कारोबार रकम ४ अर्ब २१ करोड नाघेको छ । दिनभर भएका ५४ हजार ७ सय ३ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएका छन् ।

    जसबाट कारोबार रकम ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ पुगेको छ । बैंकिङ, व्यापार निर्जिवन बीमा कम्पनीहरुको कारोबार मापन गर्ने सबइन्डेक्सहरु घटेर नकरात्मक देखिएका छन् भने बाँकी सबै बढेका छन् । बुधबार धेरै कमाउनेमा मैलुङ खोला हाइड्रापावर कर्णाली विकास बैंक रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij