२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा मंगलबार सकारात्मक सर्किट

शेयर बजारमा मंगलबार सकारात्मक सर्किट

गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २८ २०७८
  • काठमाडौं, २८ मंसिर । दुई दिनदेखि उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

    मंगलबार १२ः३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।

    आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij