२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजार पुनः ओरालो

सेयर बजार पुनः ओरालो

गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
  • काठमाडौं, १२ पुस । केही दिनयताको सुधारोन्मुख सेयर बजार पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा आज सोमबार एकैदिनमा करिब ७० अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २५ सय २१.६५ विन्दुमा ओर्लिएको छ ।

    यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १०.८५ अंकले घट्दै ४७१.८९ विन्दुमा झरेको छ । आज सबै उप सूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । झण्डै ७० अंकले घटेको बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij