२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

झिनो अंकले ओरालो लाग्यो नेप्से परिसूचक

झिनो अंकले ओरालो लाग्यो नेप्से परिसूचक

गण्डकी टाइम्स
मंगलवार, पौष १३ २०७८
गण्डकी टाइम्स
मंगलवार, पौष १३ २०७८
  • काठमाडौँ, १३ पुस । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ ।

    कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ पुगेको छ ।

    मंगलबार बैंकिङ, होटल तथा पर्यटन, बिमा कम्पनी, लघुवित्त लगायत समूहमा रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेको छ । उता व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij