२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि विद्यालय बन्द

गण्डकी टाइम्स
बुधवार, पौष २१ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष २१ २०७८
  • काठमाडौं, २१ पुस । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

    एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

    मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताएका छन । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’

    त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताएका छन ।

    संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij