२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
  • काठमाडौँ, २५ पुस । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ ।

    कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij