२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी ओरालो लाग्यो शेयर बजार

फेरी ओरालो लाग्यो शेयर बजार

गण्डकी टाइम्स
मंगलवार, माघ ४ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ ४ २०७८
  • काठमाडौं, ४ माघ । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।

    मंगलबार बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

    बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij