२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २० २०७८
  • काठमाडौं, २१ माघ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ ।

    संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

    सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    बोर्ड नेतृत्वविहीन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निस्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा छन् । यी कम्पनीहरुले अब क्रमशः अनुमति पाउने बोर्डले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij