२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजार दोहोरो अंकको सुधार

शेयर बजार दोहोरो अंकको सुधार

गण्डकी टाइम्स
सोमवार, माघ २४ २०७८
गण्डकी टाइम्स
सोमवार, माघ २४ २०७८
  • काठमाडौं, २४ माघ । साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।

    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ ।

    दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij