२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि ओरालो लाग्यो शेयर बजार

आज पनि ओरालो लाग्यो शेयर बजार

गण्डकी टाइम्स
बुधवार, माघ २६ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ २६ २०७८
  • काठमाडौं, २६ माघ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो ।

    बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन ।

    सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।

    दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij