२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमित, आज कति थपिए ?

ह्वात्तै घट्यो कोरोना संक्रमित, आज कति थपिए ?

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
  • काठमाडौं, १४ फागुन । नेपालमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३९ पिसिआर परिक्षणका क्रममा १०१ जना र २ हजार ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै थप ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij