२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका डेभिडको मृत्यु

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका डेभिडको मृत्यु

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २५ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २५ २०७८
  • काठमाडौं, २५ फागुन । बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो। उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्। बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले विज्ञानको फड्को मानेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij