२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पर्वतारोहण संघको निर्वाचन तालिका सार्वजनिक

पर्वतारोहण संघको निर्वाचन तालिका सार्वजनिक

गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
  • काठमाडौं, ७ चैत । नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । संघको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो। संघका महासचिव कुलबहादुर गुरूङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ । उक्त आयोगमा अधिवक्ता गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन्। साथै, संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । वर्तमान कार्यसमितिको पदावधि सकिएको लामो समय वितिसक्दा समेत एनएमएको निर्वाचन हुन सकेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij