२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मनतातो पानी पिउदा हुन्छ यी फाइदा !

मनतातो पानी पिउदा हुन्छ यी फाइदा !

गण्डकी टाइम्स
आइतवार, फाल्गुण २८ २०७९
गण्डकी टाइम्स
आइतवार, फाल्गुण २८ २०७९
  • काठमाडौँ । स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ । गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा मात्रै त्यो निकै फाइदाजनक हुन्छ । मनतातो पानी पिउनुका फाइदा निम्न प्रकार छन्: १.मनतातो पानी पिउनाले शरीरमा उपापचयन प्रक्रिया बढ्दछ र यस कारण वजन नियन्त्रण हुन्छ । २.मनतातो पानी पिउनाले शरीरको तापक्रम केही वृद्धि हुन्छ । जसका कारण शरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्दछ । ३.मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ । ४.मनतातो पानी पिउनाले जोर्नी मजबुत हुनाको साथै बाथको जोखिम पनि कम गर्दछ । ५.पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन अधिक लाभदायक हुन्छ । ६.घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक मानिन्छ । ७. मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ । ८.महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ । ९.छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij