२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
  • काठमाडौँ। कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ । अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’ सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायो बैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ । यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोग बीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।-एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij