२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

तपाईलाई निद्रा लाग्दै लागेन ? अपनाउनु यो विधि

तपाईलाई निद्रा लाग्दै लागेन ? अपनाउनु यो विधि

गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
  • काठमाडौँ। दिनभरि थकानका बाबजुद कतिपय मानिसलाई राति राम्ररी निन्द्रा पर्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म सुत्न नसक्दा मानिसलाई तनाव हुन्छ । यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ । सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब सास आफूलाई सहज हुने अवस्थासम्म रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ । यो अभ्यास जस्तोसुकै स्थितिमा पनि गर्न सकिन्छ । तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो । सुरुमा यो अभ्यास बिहान र बेलुका ४ चोटि गर्नुहोस् । दुई महिनापछि भने आठ चोटि गर्नुहोस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । निन्द्रा लगाउन अरू उपाय भन्दा यो अभ्यास अपनाएर मज्जाले सुत्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij