२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुत्नुअघि हरेक जोडीले गर्नुपर्ने ६ काम

सुत्नुअघि हरेक जोडीले गर्नुपर्ने ६ काम

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • काठमाडौँ। विवाहपछिको केही सयम दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर अचानक केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ वा समस्या उत्पन्न हुन्छ । तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् । हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम शयन कक्षामा पनि राख्न सकियो भने पति पत्नीबीच समस्या उत्पन्न हुँदैन । कहिलेकाही अनजानमा भएको गल्तीले पनि समस्या उत्पन्न हुन जान्छ । तर यसलाई व्यवस्थित गर्न केही उपाय अपनाउने हो भने विवाद वा समस्याको व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि सुत्नअघि केही काम गर्न जरुरी छ । १. यदी तपाईहरु (पति पत्नी) बेग्लाबेग्लै समयमा सुत्न जानुहुन्छ भने यसलाई सुधार गर्नुहोस् । वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुबै जना सुत्न जाने समयलाई एकै बनाउँनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुँरिरहेको होस् । २. प्रयास गर्नुहोस् कि सुत्नुभन्दा पहिला मोबाइल हातमा नहोस् । बेडरुममा टिभी राख्नबाट बच्नुहोस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठिक लागोस् । सुत्नुअघि मोबाइल, ल्यापटप, टिभीलाई दिने समय आफ्नो पार्टनरलाई दिनुहोस् । ३.घरायसी तनाव, कार्यालयको समस्या, राजनीतिक विषयलाई एकछिन छोडेर दुई जना दिनभरका गतिविधि बारे चर्चा गर्नुहोस् । माया प्रेम युक्त कुराहरु गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ । ४. एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतीमा खुसी दिनसक्छ त्यसलै सानो कुरा विग्रदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् । ५. माया प्रेमको आआफ्नै शैली हुन्छ तर व्यक्त भावना भन्दा छोएर गरिने तारिफले माया प्रेम थप गाढा हुन्छ । ६. ‘गुडनाइट किस’ दिन नभुल्नुहोला यसले एक अर्कामाथि थप माया प्रेम र स्नेह बढ्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij