२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

गण्डकी टाइम्स
मंगलवार, आषाढ ५ २०८०
गण्डकी टाइम्स
मंगलवार, आषाढ ५ २०८०
  • पोखरा, ६ असार। आज (बुधबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमानले पोखरा सिधा उडान भर्नेछ । बिहान साढे ९ बजे सिचुवान एयरलाइन्सको विमान पोखरा ओर्लने विमानस्थल प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार चार्टर्ड उडानमा १३० यात्रु सवार हुनेछन् । छेन्दुबाट उडान भरेको पौने ३ घण्टामा पोखरा आइपुग्ने जनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानको लागि पर्यटन मन्त्री सुदन किराती मंगलवारनै पोखरा आइपुगेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij