नेपाली उड्डयन क्षेत्रमा आजबाट अर्को ईंटा थपियो : पर्यटनमन्त्री
नेपाली उड्डयन क्षेत्रमा आजबाट अर्को ईंटा थपियो : पर्यटनमन्त्री
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पोखरा, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु भएकोमा प्रसन्नता व्यक्त गरेका छन्।
शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको एयरबस ३१९ (A319) जहाज थिम्पु प्रस्थान गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री किराँतीले प्रसन्नता व्यक्त गरेका हुन्।
‘आज नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको छ,’ पर्यटनमन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ भुटानको पारोबाट पोखरा अन्तर्रािष्ट्रय विमानस्थलमा रोयल भुटानको एयरबस ३१९ (A319) जहाज आज बिहान ६:३९ बजे अवतरण र ८:५ बजे उडान सफलतापुर्वक गरेकोमा हार्दिक स्वागत तथा बधाई!’
भुटानको पारोबाट आजै बिहान पोखरा अन्तर्रािष्ट्रय विमानस्थलमा अवतरण गरेको रोयल भुटानको जहाज चालक दलका तीनसहित ४२ युरोपेली पर्यटक बोकेर थिम्पु फर्किएको छ।
प्रतिक्रिया