संघीय संसद्का महासचिवमा प्रस्तावित पाण्डेयको ३ नागरिकता र २ राहदानी रहेको खुलासा
संघीय संसद्का महासचिवमा प्रस्तावित पाण्डेयको ३ नागरिकता र २ राहदानी रहेको खुलासा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १२ माघ । संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेयले किर्ते गरी तीन वटा नागरिकता लिएको पुष्टि गर्ने कागजात गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । मन्त्रालयले तयार गरेको छानबिन प्रतिवेदनमा पद्मप्रसाद पाण्डेयले दुई वटा राहदानी समेत लिएको उल्लेख छ ।
पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि पुस २४ गते समितिले गृहलाई पत्राचार गर्दै ‘विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू’ माग गरेको थियो । गृहले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो । प्रतिवेदनले राहदानीका सम्बन्धमा परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागबाट यकिन गर्न उपयुक्त हुने सुझाव दिएको गृह मन्त्रलयले जनाएको छ।
गृह मन्त्रालयले तयार पारेको छानबिन प्रतिवेदनमा संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेय फरक फरक मितिमा तीन वटा नागरिकता लिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा पाण्डेयले २०४६ असार २८ गते जन्म मिति २०२६ असोज १५ कायम गरी पहिलो नागरिकता लिएको उल्लेख छ । यसैगरी २०६६ भदौ ८ गते जन्म मिति २०३२ पुस २६ गते कायम गरी दोस्रो नागरिकता लिएको र नागरिकता हराएको बहाना बनाई २०७६ मंसिर २२ गते फेरि जन्म मिति २०२६ असोज १५ गते नै कायम गरी तेस्रो नागरिकता लिएको खुलासा गरिएको छ ।
प्रतिक्रिया