२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

दुबई पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

दुबई पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

गण्डकी टाइम्स
बिहिवार, माघ २५ २०८०
गण्डकी टाइम्स
बिहिवार, माघ २५ २०८०
  • काठमाडौँ, २५ माघ। वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका १३ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–११ चापागाँउ बस्ने वर्ष ३९ की शान्ती गुरुङ रहेकी छन्। उनले सन्तोषी कुमारी थापासमेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक ७० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ। पीडितहरुबाट पटक पटक गरी ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी शान्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार चापागाँउबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij