२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

गण्डकी टाइम्स
शुक्रवार, चैत्र २ २०८०
गण्डकी टाइम्स
शुक्रवार, चैत्र २ २०८०
  • सिन्धुपाल्चोक, २ चैत । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य पनि दोहोरो नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए। नगरपालिकाबाट भने उनी उपचारका लागि भन्दै भारत जान बिदा लिएका थिए। तर उनलाई काभ्रेबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उनले २०७४ सालमा वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ। यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij