२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

गण्डकी टाइम्स
शनिवार, चैत्र १७ २०८०
गण्डकी टाइम्स
शनिवार, चैत्र १७ २०८०
  • काठमाडौँ, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रायमाझी आज अस्पतालबाट डिस्चार्ज भएका हुन्। नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए। ‘उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो’, उनले भने, ‘मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।’ मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij