२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रेस सेन्टरले भन्यो : `पत्रकार महासंघकाे अधिवेशन तोकिएकै समयमा गर´

प्रेस सेन्टरले भन्यो : `पत्रकार महासंघकाे अधिवेशन तोकिएकै समयमा गर´

गण्डकी टाइम्स
आइतवार, चैत्र २५ २०८०
गण्डकी टाइम्स
आइतवार, चैत्र २५ २०८०
  • काठमाडौं, २६ चैत। प्रेस सेन्टर नेपालकाे केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासंघको अधिवेशन विधान बमाेजिम ताेकिएकाे समयमा अनिवार्य रूपमा गर्नकाे लागि माग गरेको छ । पत्रकारहरूकाे साझा संस्था पत्रकार महासंघकाे अधिवेशनका विषयमा विभिन्न काेणबाट विषयहरू आइरहेको सन्दर्भमा प्रेस सेन्टर नेपालले साे धारणा सार्वजनिक गरेको हाे । प्रेस सेन्टर नेपालकाे आइतबार राजधानीमा सम्पन्न बैठककाे समापन गर्दै अध्यक्ष विष्णु सापकाेटा जुगलले पत्रकार महासंघ साझा संस्था भएकाेले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न अपिल गरेका छन् । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाकाे म्याण्डेटअनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय समेत गरेकाे छ । उक्त बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकाेटाकाे प्रमुख उपस्थितिमा सम्पन्न बैठकले समानुपातिक विज्ञापन नीति लाई कार्यन्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि सापकाेटाले तिनै तहका सरकासँगकाे समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने याेजना निर्माण गर्नुपर्ने बताएका थिए । बैठकमा सम्बाेधन गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले  सरकार मिडिया मैत्री रहेकाे र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताइन् । उनले प्रेस सेन्टरले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक  सुझाव सल्लाह दिन पनि आग्रह गरिन् । उनले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनर्संरचना गर्न लागिएको बताइन् । बैठकमा माओवादी केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गाेविन्द आचार्यले संगठनकाे भावि याेजना र नेपाल पत्रकार महासंघ, एकाेराब लगायतका साझा माेर्चाहरूमा खेल्नुपर्ने भुमिका विषयमा प्रशिक्षण दिएका थिए । बैठकले संगठन विस्तार र सुदृढीकरण सहित नेपाल पत्रकार महासंघ, एकाेराबसहितका साझा माेर्चाबारे स्पष्ट निर्णय लिनुका साथै स्वराेजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यन्यन तथा संगठनकाे आन्तरिक पक्षमा महत्त्वपूर्ण निर्णयहरू लिएकाे महासचिव सन्ताेष पाैडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij