२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

देशभर बदली, कोसी र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने

देशभर बदली, कोसी र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने

गण्डकी टाइम्स
शनिवार, जेठ १९ २०८१
गण्डकी टाइम्स
शनिवार, जेठ १९ २०८१
  • काठमाडौँ, २० जेठ। नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम-उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति कोसी, मधेस र बाग्मती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij