२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौंमा आज वर्षकै बढी गर्मी, कति पुग्यो तापक्रम ?

काठमाडौंमा आज वर्षकै बढी गर्मी, कति पुग्यो तापक्रम ?

गण्डकी टाइम्स
शनिवार, आषाढ २ २०८१
गण्डकी टाइम्स
शनिवार, आषाढ २ २०८१
  • काठमाडौं, २ असार। काठमाडौं शनिबार (आज) अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “काठमाडौंमो यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,” महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो। काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij