२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त

उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त

गण्डकी टाइम्स
बुधवार, आषाढ ६ २०८१
गण्डकी टाइम्स
बुधवार, आषाढ ६ २०८१
  • काठमाडौं, ५ असार । महासेनानी दिरेन्द्रकुमार मल्ललाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला सुनाएको छ । उमेरसम्बन्धी विवाद मुछिएका मल्ललाई समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो । नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे । उनका अनुसार मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सैनिक अदालतले सुनाएको हो । छानबिनका क्रममा मल्लका शैक्षिक प्रमाण पत्रमा एउटा नागरिकताको प्रमाण पत्रमा अर्को जन्म मिति पाइएको थियो । त्यसबारेमा उजुरी दर्ता भएपछि जंगी अड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो । छानबिनमा तानिएपछि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा कार्यरत उनलाई नेपाल झिकाएर हिरासतमा लिइएको थियो । राष्ट्रसंघमा सैनिक सहचारीका रुपमा कार्यरत उनलाई नेपाल आउनेबित्तिकै हिरासतमा लिएर छानबिन अघि बढाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij