रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते
रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते
गण्डकी टाइम्स
गण्डकी टाइम्स
रोल्पा, १७ असार। रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । जीप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।
प्रतिक्रिया