२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मधेस प्रदेश सरकारका ६ मन्त्री बर्खास्त

मधेस प्रदेश सरकारका ६ मन्त्री बर्खास्त

गण्डकी टाइम्स
शनिवार, आषाढ २३ २०८१
गण्डकी टाइम्स
शनिवार, आषाढ २३ २०८१
  • मुख्यमन्त्री सतिशकुमार सिंह

    काठमाडौं, २२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई शनिबार बर्खास्त गरिएको हो । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार उनले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री बेची लुंगेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायातमन्त्री उर्मिला चौधरीलाई बर्खास्त गरिएको छ । ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गएको जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ । मुख्यमन्त्री सिंहले आजै विश्वासको मत लिँदै छन् । नयाँ समीकरणका हिसाबले प्राविधिक समस्या हुँदा बर्खास्त गर्नुपरेको उनले बताए । उनले कुनै मन्त्रीले असहयोग नगरेको उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij