२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु, तीन यात्रुले हामफालेर जोगाए ज्यान

पहिरोले बगाएका दुवै बसमा थिए ६५ यात्रु, तीन यात्रुले हामफालेर जोगाए ज्यान

गण्डकी टाइम्स
शुक्रवार, आषाढ २९ २०८१
गण्डकी टाइम्स
शुक्रवार, आषाढ २९ २०८१
  • चितवन, २८ असार। नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुई वटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्। भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए। त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । अहिले प्रजिअ यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ। टिन जना यात्रु भने बसबाट हामफालेर बाच्ने सफल भएका छन्। https://www.youtube.com/watch?v=bjVZzx1DPoI&ab_channel=GandakitimesTV  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij